Nepal Life

फागुन ३० देखि एकीकृत कारोबार सुरु गर्दै नेरुडे र मिर्मिरे लघुवित्त

NMB Bank
  • BFIS News
  • 2024 Mar 06 08:50
फागुन ३० देखि एकीकृत कारोबार सुरु गर्दै नेरुडे र मिर्मिरे लघुवित्त
United Ajod

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरमा गएपछि उनीहरुले एकीकृत कारोबार गर्न लागेका हुन्।

Shikhar
Nepal Life
NIMB

मर्ज भएश्चात कायम भएको नाम 'नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड'को नामबाट एकीकृत कारोबारको शुभारम्भ हुन लागेको हो। यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन्।  

नेपाल राष्ट्र बैंकले र कम्पनी रजिष्ट्रार कार्यालयले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ।

संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिका-८ साविकको मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय रहेको भवनमा नै कायम रहने छ ।  

फागुन २९ गतेदेखि सेयर लगत एकीकरण लगायत पुनःसूचीकरण नभएसम्मका लागि सेयर कारोबार बन्द रहने संस्थाले जनाएको छ ।

दुवै कम्पनी १:१ सेयर स्वाप अनुपातमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया