Nepal Life

सामुदायिक र बिपिडब्लु लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै

NMB Bank
  • BFIS News
  • 2024 Mar 07 09:07
सामुदायिक र बिपिडब्लु लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै
United Ajod

काठमाडौं । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । मर्ज भएश्चात कायम भएको नाम 'सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड'को नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो ।  

Shikhar
Nepal Life
NIMB

दुवै संस्था १:०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्।

नेपाल राष्ट्र बैंकले गत माघ २४ गते, नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले फागुन ८ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबार सुरु गर्न लागेको हो।  

आपसमा गाभिएर एउटै बनेको यो संस्थाको केन्द्रीय कार्यालय भने बनेपा नगरपालिकामा रहनेछ। 

यसैबीच, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार रोक्का राखिएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार फागुन २४ गते देखि लागू हुने गरी रोक्का राखिएको नेप्सेले जनाएको छ ।

सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि दुबै कम्पनीको १५ कार्यदिनसम्म सेयर कारोबार रोक्का भएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया