Nepal Life

अन्तर्राष्ट्रिय महिला दिवस २०२४: कसरी मनाउन थालियो ?

NMB Bank
  • BFIS News
  • 2024 Mar 08 07:45
अन्तर्राष्ट्रिय महिला दिवस २०२४: कसरी मनाउन थालियो ?
United Ajod

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसबारे सञ्चारमाध्यममा उल्लेख भएको वा साथीहरूले कुरा गरेको तपाईँले देख्नु वा सुन्नु भएकै होला। तर यो दिवस केका लागि हो त? यो कहिले मनाइन्छ? यो उत्सव हो वा प्रदर्शन? महिला दिवसजस्तै पुरुष दिवस पनि छ कि? र यो वर्ष भर्चूअल रुपमा कस्ता कार्यक्रमहरू हुँदैछन्? विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि मार्च ८ लाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आएको छ।

Shikhar
Nepal Life
NIMB

१) महिला दिवस कसरी सुरु भयो?

क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी थिइन्क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी थिइन्

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो।
सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बीजारोपण भएको थियो। त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो। उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन्। त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाए।

पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। त्यसको १०० वर्ष सन् २०११ मा मनाइयो, त्यसैले यो वर्ष हामी ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौँ।

तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले "विगत मनाउँदै, भविष्यबारे योजना गर्दै" भन्ने विषयलाई आत्मसात् गर्‍यो।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने मनाउने दिन बनेको छ। तर यो दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने भन्ने हो।

२) महिला दिवस कहिले मनाइन्छ?

यो दिवस मार्च ८ तारिखमा मनाइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस यही दिन मनाउने भनेर क्लाराको कुनै विचार थिएन। सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले "रोटी र शान्ति" को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन।

महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो।

महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो। त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइन्छ।

३) महिला दिवसमा कुन रङ्गलाई प्रतीकका रूपमा प्रयोग गरिन्छ?

बैजनी रङ्गले न्याय र गरिमा इङ्गित गर्ने भएकोले यो रङ्गलाई अन्तर्राष्ट्रिय महिला दिवससँग जोडिन्छ

अन्तर्राष्ट्रिय महिला दिवसको वेबसाइट अनुसार बैजनी, हरियो र सेतो महिला दिवसका रङ्ग हुन्। "बैजनीले न्याय र गरिमा इङ्गित गर्छ। हरियो आशाको प्रतीक हो। सेतोले पवित्रताको प्रतिनिधित्व गर्छ, यद्यपि यो विवादास्पद धारणा हो। सन् १९०८ मा यूकेमा महिलाहरूको सामाजिक र राजनीतिक सङ्घबाट यी रङ्गको अवधारणा सुरु भएको थियो," वेबसाइटमा भनिएको छ।

४) अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ?

वास्तवमा यो दिवस छ र त्यो नोभेम्बर १९ मा हो। सन् १९९० बाट यो दिवस सुरु भयो तर संयुक्त राष्ट्रसङ्घले यसलाई मान्यता दिएको छैन। यूकेलगायत विश्वभरिका ८० देशका मानिसले यो दिवस मनाउँछन्। यो दिवसमा समाजमा देन दिएका पुरुषको कार्यको चर्चा गर्ने र पुरुषको कल्याणका लागि चेतना जगाउने काम गरिन्छ। 

५) महिला दिवस कसरी मनाइन्छ ?

अन्तर्राष्ट्रिय महिला दिवसका दिन धेरै देशमा सार्वजनिक बिदा दिइन्छ। ती देशमध्ये रुस पनि एक हो र त्यहाँ यो दिनको वरपर तीन-चार दिन फूलको व्यापार अन्य दिनभन्दा दोबर हुन्छ।

चीनमा मार्च ८ तारिखमा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ। त्यहाँको राज्य परिषद्ले नै आधा दिन बिदा दिन सिफारिस गरेको हो, तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन्।

इटलीमा यो दिन पहेँलो रङ्गको फूल एकअर्कालाई दिएर मनाइन्छ। यो परम्परा कसरी सुरु भयो स्पष्ट छैन, तर दोस्रो विश्व युद्धपछि रोमबाट यसरी फूल दिने चलन थालिएको ठानिन्छ।

अमेरिकामा मार्च महिनालाई नै महिलाको ऐतिहासिक महिना मानिन्छ। प्रत्येक वर्ष यो महिनामा अमेरिकी महिलाहरूको उपलब्धिको सम्मानमा राष्ट्रपतिले उद्घोष गर्छन्।

६) यो वर्षको नारा के हो?

यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया