Nepal Life

इ–नेट पेमेन्टमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध, अनुमतिपत्रसमेत खारेज

NMB Bank
  • BFIS News
  • 2024 May 13 13:04
इ–नेट पेमेन्टमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध, अनुमतिपत्रसमेत खारेज
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले इ–नेट पेमेन्ट प्रालिमाथि प्रतिबन्ध लगाएको छ। साथै अनुमति पत्रसमेत खारेज गरेको छ। कम्पनीले कानुनअनुसार बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

'उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिनदेखि लागू हुने गरी खारेज गरिएको छ', राष्ट्र बैंकले भनेको छ।

साथै उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ।

भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फर्स्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१ औं दिनदेखि लागू हुने गरी खारेज गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया