Nepal Life

माछापुच्छ्रे बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम प्रदान

NMB Bank
  • BFIS News
  • 2024 May 13 15:45
माछापुच्छ्रे बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा रकम प्रदान
United Ajod

काठमाडौं । माछापुच्छ्रे बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू स्मार्ट तलब खाताअन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको हो ।

Shikhar
Nepal Life
NIMB

बैंकको आर्दशनगर वीरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादवको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उनकी श्रीमती शोभा यादवले गरेको दाबीअनुसार वैशाख ३० गते उक्त बीमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरिएको हो।  

बैंकका चिफ विजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दाबी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन्।  

बैंकले न्यू स्मार्ट तलब खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाखसम्म अस्पताल भर्ना एवं औषधी उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया