Nepal Life

लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी, महिला सशक्तिकरणमा जोड

NMB Bank
  • BFIS News
  • 2024 May 16 16:52
लक्ष्मी सनराइज बैंकद्वारा ‘शिक्षित लक्ष्मी’ पहलको थालनी, महिला सशक्तिकरणमा जोड
United Ajod

काठमाडौं । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ। बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रियरूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उदेश्य राखेको छ।

यस पहलअन्तर्गत आगामी ७ वर्षमा कूल रु. ३५ लाख र कम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी गरेको छ। सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिकरूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन्।

यसैगरी, बैंकले आगामी ५ वर्षसम्ममा रु.१ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ। सो कोषमार्फत सोही विश्वविद्यालयबाट (विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित) विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन्। सो कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउँदै लगिने बैंकले जनाएको छ।

यस छात्रवृत्तिमार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम. इ स्ट्रकचर लइन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एमएससीएस) हाल अध्ययनरत छन्।

यसअघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरुमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षयकोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ। यसबाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको उल्लेख गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया