Nepal Life

लक्ष्मी सनराइजको सचेतना सन्देश - सतर्क रहौं! व्यक्तिगत विवरण कसैलाइ नदिऔं

NMB Bank
  • BFIS News
  • 2024 May 17 08:14
लक्ष्मी सनराइजको सचेतना सन्देश - सतर्क रहौं! व्यक्तिगत विवरण कसैलाइ नदिऔं
United Ajod

काठमाडौं । लक्ष्मी सनराईज बैंकले वित्तीय सचेतना सन्देश जारी गर्दै घरमै बसी-बसी पैसा कमाउन सकिने प्रलोभनमा परेर आफ्नो बैंकिङ सम्बन्धी विवरणहरु कसैलाई उपलब्ध नगराउन आग्रह गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले सन्देशमा भनेको छ, 'बसी-बसी पैसा कमाउन सकिने प्रलोभनमा परी आफ्नो बैंक खाता वा डिजिटल वालेट अरु कसैलाई पनि प्रयोग गर्न नदिऔं।'

यस्तै कसैले तपाईंको बैंक खाता वा वालेट प्रयोग गरे बापत केहि रकम दिने प्रलोभन देखाएमा पनि सतर्क रहन आग्रह गरेको छ साथै खाता गैरकानुनी काममा प्रयोग हुन सक्ने कुरामा समेत सचेत रहन बैंकले आग्रह गरेको छ।

'तपाईंको खाता कुनै पनि गैर कानुनी काम जस्तै जुवा खेल्ने / खेलाउने, अनलाइन बेटिंग, क्रिप्टो करेन्सी कारोबार, सम्पत्ति शुद्धिकरण (Money Laundering) हरूमा प्रयोग हुन सक्छ । यस्तो भएको पाइएमा यस्तो कार्य गर्ने र सो मा संलग्न खातावालालाई पनि कानुनी कारबाही हुन सक्छ । तसर्थ कसैले तपाईंको बैंक खाता वा वालेट प्रयोग गरे बापत केहि रकम दिने प्रलोभन देखाएमा आफू सतर्क रहनुहोला र अरूलाई पनि सतर्क गराउनुहोला', बैंकद्वारा जारी सन्देशमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया