Nepal Life

फिनल्याण्डद्वारा नेपाललाई जलवायू अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान

NMB Bank
  • BFIS News
  • 2024 May 21 16:26
फिनल्याण्डद्वारा नेपाललाई जलवायू अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान
United Ajod

काठमाडौं। फिनल्याण्डले नेपालको स्थानीय जलवायू अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

Shikhar
Nepal Life
NIMB

सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरे। गत ३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो।

सम्झौताअनुसार फिनल्याण्डले नेपाललाई १३ मिलियन यूरो अर्थात एक अर्ब ८७ करोड अनुदान दिने छ। यो अनुदान रकमबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमार्फत जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गरिनेछन्।

युरोपेली सङ्घ र अर्थ मन्त्रालयबीच त्यससम्बन्धी सम्झौतापत्रमा यसअघि नै हस्ताक्षर भइसकेको छ। गत वर्षको साउन  ६ मा भएको उक्त नेपालका तर्फबाट अर्थ मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र सङ्घका तर्फबाट मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने निर्देशक पेटेरियस युस्तुब्सले हस्ताक्षर गरेका थिए।

नेपाल र फिनल्याण्ड तथा पुरोपेली सङ्घबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा उक्त सम्झौता भएको जानकारी दिइएको छ। आयोजनाको कार्यान्वयन आगामी आर्थिक वर्ष २०८१/८२ मा हुनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया