Nepal Life

हेटौडा सबस्टेशनको उद्घाटन आज, भारतसँगको विद्युत व्यापार सहज हुने

NMB Bank
  • BFIS News
  • 2024 Jun 14 08:42
हेटौडा सबस्टेशनको उद्घाटन आज, भारतसँगको विद्युत व्यापार सहज हुने
United Ajod

काठमाडौं । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित हेटौडा सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया