Nepal Life

समस्याग्रस्त घोषित को-अपरेटिभका ऋणीलाई ऋण तिर्न ३५ दिनको समय

NMB Bank
  • BFIS News
  • 2024 Jul 22 08:37
समस्याग्रस्त घोषित को-अपरेटिभका ऋणीलाई ऋण तिर्न ३५ दिनको समय
United Ajod

काठमाडौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लि. का ऋणीहरूलाई ऋण तिर्न आउने बारेको ३५ दिने सूचना जारी गरिएको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार सो सूचना जारी गरेको हो ।

Shikhar
Nepal Life
NIMB

‘बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले सो संस्थाबाट उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ व्याज यो सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र आफूले उपभोग गरेको ऋण कर्जाको सावाँ तथा व्याज तपसिलमा उल्लेखित बैंक खातामा जम्मा गरि सोको भौचर यस समितिको कार्यालयमा पेस गरि कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

सो समयभित्र आफूले उपभोग गरेको ऋण कर्जाको दायित्व राफसाफ नगरेको खण्डमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही हुने समेत जानकारी गराइएको छ ।

sam

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया