Nepal Life

भारत–पाकिस्तान तत्काल युद्धविराममा सहमत: ट्रम्प

NMB Bank
  • BFIS News
  • 2025 May 10 20:15
भारत–पाकिस्तान तत्काल युद्धविराममा सहमत: ट्रम्प
United Ajod

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच पूर्ण र तुरुन्त प्रभावकारी युद्धविरामको सहमति भएको बताएका छन्। लगातार चार दिनसम्म चलेको आक्रमण र प्रत्याक्रमणपछि दुबै देशले सैन्य तनाव घटाउने निर्णय लिएको हो।

Shikhar
Nepal Life
NIMB

राष्ट्रपति ट्रम्पले शनिबार ट्रुथ सोशलमा पोस्ट गर्दै लेखेका छन्, “अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तान दुबै FULL AND IMMEDIATE CEASEFIRE मा सहमत भएका छन्। साझा समझदारी र बुद्धिमत्ता प्रयोग गरेकामा दुबै देशलाई बधाई।”

पाकिस्तानी विदेश मन्त्रीले पनि दुबै देशले 'तुरुन्त लागू हुने' युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन्।

दुई देशबीचको तनाव न्यूक्लियर अस्त्र प्रयोगको सम्भावनासम्म पुगेको आशंका भइरहेका बेला पाकिस्तानको रक्षा मन्त्रालयले भने त्यस्तो कुनै विशेष बैठक तय नभएको जानकारी दिएको छ।

यता, दुबै पक्षका अधिकारीहरूले हाललाई पछाडि हट्ने संकेत दिएका छन्। यद्यपि, सीमावर्ती क्षेत्रमा भएका आक्रमणबाट दुबै पक्षमा गरी ६६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया