Nepal Life

रुकुम पश्चिममा जिप दुर्घटना : एकको मृत्यु, तीन घाइते

NMB Bank
  • BFIS News
  • 2025 May 12 17:27
रुकुम पश्चिममा जिप दुर्घटना : एकको मृत्यु, तीन घाइते
United Ajod

काठमाडौं। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

Shikhar
Nepal Life
NIMB

सिम्लीदेखि तिमिलेसम्मको भित्री सडक खण्डमा आज दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भएर झन्डै ४०० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।

घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीय चालक लिलमणि भण्डारी, सोही स्थानकी ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको र अहिले चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानमा खुलिएको प्रहरीको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया