Nepal Life

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

NMB Bank
  • BFIS News
  • 2025 May 15 13:15
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
United Ajod

काठमाडौं।  टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

Shikhar
Nepal Life
NIMB

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो।

अख्तियारका अनुसार तत्कालीन सञ्चारमन्त्री बस्नेतसँगै नेपाल टेलिकमका तत्कालीन अध्यक्षहरू अजयबहादुर झा र पुरुषोत्तम खनाल, सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोट, अच्युतानन्द मिश्र, निर्देशकहरू सुरेन्द्रलाल हाडा, दीपेश आचार्य र सन्दीप अधिकारीसमेत मुद्दामा संलग्न छन्।

त्यस्तै, परामर्शदाता कम्पनी भ्यानराइज सोल्युसन्स का प्रमुख कार्यकारी अधिकृत (सीईओ) जमल अनोन्ती, त्यस कम्पनीका स्थानीय एजेन्ट कनेक्सन ट्रेड प्रालि, काठमाडौंका अध्यक्ष दिलीपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार टेलिकमको टेरामक्स परियोजनामा ठगी र गैरकानुनी लाभ लिने नियतले भ्रष्टाचार गरिएको पाइएको छ। आयोगले दोषी ठहर भई कानुनी कारबाही हुनुपर्ने माग गर्दै मुद्दा अगाडि सारेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया