Nepal Life

नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

NMB Bank
  • BFIS News
  • 2025 May 19 15:58
नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर
United Ajod

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज प्रति तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको हो।

Shikhar
Nepal Life
NIMB

महासंघद्वारा सार्वजनिक गरिएको पछिल्लो मुल्यअनुसार फाइन गोल्ड (तौलाबन्दी सुन) को मूल्य प्रति तोला १ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ। आइतबार यसको मूल्य १ लाख ८४ हजार २ सय रुपैयाँ थियो। केहि समय स्थिर रहेपछि सुनको मूल्यमा पुनः वृद्धिको संकेत देखिएको हो।

यसैबीच, चाँदीको मूल्य भने लगातार दोस्रो दिन पनि स्थिर रहेको छ। शुक्रबार निर्धारण गरिएको दरअनुसार आज पनि चाँदी प्रति तोला १ हजार ९४५ रुपैयाँमै कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया