Nepal Life

पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियारलाई पठाउने संसदीय समितिको निर्णय

NMB Bank
  • BFIS News
  • 2025 May 22 14:00
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियारलाई पठाउने संसदीय समितिको निर्णय
United Ajod

काठमाडौं, ८ जेठ।  सार्वजनिक लेखा समितिले पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा प्रकरणमा गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ। 

Shikhar
Nepal Life
NIMB

बिहीबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणमा समितिमा उजुरी दर्ता भएको र मन्त्रालयसहित विभिन्न निकायहरूसँगको सोधपुछपछि तयार गरिएको प्रतिवेदन थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा पठाउने निर्णय गरिएको जानकारी दिए।

सभापति पोखरेलका अनुसार, उजुरीहरूको अध्ययन गर्न गठित सात उपसमितिको कार्यावधि पनि एक महिनाका लागि थप गरिएको छ। “समान प्राथमिकताका आधारमा सबै उजुरीको छानबिन गर्न समय थप गरिएको हो,” पोखरेलले बताए, “शिघ्र निष्कर्षमा पुर्‍याउने गरी एक महिनाभित्र सबै उपसमितिले काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।”

उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे समितिको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि कसैले अविश्वास नगरेको पनि स्पष्ट पारे। पोखरेलका अनुसार, उक्त प्रतिवेदन पनि अख्तियारमा थप अनुसन्धानका लागि पठाइएको छ।

सार्वजनिक लेखा समितिको यो निर्णयले पतञ्जलीको जग्गा खरिद र उपयोग प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको मागलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया