Nepal Life

रबी लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा फेरि स्थगन, शुक्रबार पनि सुनुवाइ जारी रहने

NMB Bank
  • BFIS News
  • 2025 May 22 18:16
रबी लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा फेरि स्थगन, शुक्रबार पनि सुनुवाइ जारी रहने
United Ajod

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबी लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण (हैबियस कर्पस) सम्बन्धी रिट निवेदनमा बिहीबार पनि सुनुवाइ स्थगित भएको छ।

Shikhar
Nepal Life
NIMB

न्यायाधीशहरु नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबारदेखि उक्त मुद्दामा सुनुवाइ गर्दै आएको हो।

बुधबारका लागि तोकिएको सुनुवाइ न्यायाधीश सुवेदी संवैधानिक इजलासमा व्यस्त भएका कारण स्थगित भएको थियो।

बिहीबारको सुनुवाइका क्रममा लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रामन कुमार श्रेष्ठले बहस प्रस्तुत गरे। त्यसपछि सरकारी पक्षका कानुन व्यवसायीहरु गोविन्द खनाल र लोकराज पराजुलीले सरकारको तर्फबाट बहस गरेका थिए।

सरकारी पक्षको अन्तिम बहस शुक्रबार पनि जारी रहनेछ। त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस प्रस्तुत गरिने छ।

त्यसपश्चात् दुवै पक्षबीच पुनः खण्डन र प्रतिखण्डन (rebuttal) प्रक्रिया अघि बढ्नेछ, जसपछिमात्र अदालतले अन्तिम फैसला सुनाउनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया