Nepal Life

सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा वृद्धि

NMB Bank
  • BFIS News
  • 2025 May 28 11:03
सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा वृद्धि
United Ajod

काठमाडौं, जेठ १४। नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेर १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबार प्रतितोला १ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर उक्त मूल्यमा झरेको हो।

सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्यमा भने वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया