Nepal Life

समयमै कानुनी प्रक्रिया नहुँदा ग्रे लिस्टमा पर्‍यो नेपाल : अर्थमन्त्री पौडेल

NMB Bank
  • BFIS News
  • 2025 May 29 15:31
समयमै कानुनी प्रक्रिया नहुँदा ग्रे लिस्टमा पर्‍यो नेपाल : अर्थमन्त्री पौडेल
United Ajod

काठमाडौं । समयमै कानुनी व्यवस्था, अनुसन्धान र अभियोजनको प्रक्रिया पूरा गर्न नसक्दा नेपाल ग्रे लिस्टमा परेको सरकारको भनाइ छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

Shikhar
Nepal Life
NIMB

उनका अनुसार समयमै आवश्यक कानुनी व्यवस्था, अनुसन्धान र अभियोजन प्रक्रिया सम्पन्न गर्न नसक्नु नै देश ग्रे लिस्टमा पर्नुको प्रमुख कारण हो।

बजेट वक्तव्यमा मन्त्री पौडेलले भने, "कृषिमा आधुनिकीकरण र प्रविधिको अभावका कारण उत्पादन लक्ष्य अनुसार हासिल हुन सकेको छैन। पूर्वाधार क्षेत्रमा भएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त भएको छैन। रोजगारी सिर्जनामा चुनौती रहेकाले वैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्दो छ।"

उनले नियामक निकायहरूको भूमिकालाई प्रभावकारी बनाउनु अझै चुनौतीपूर्ण रहेको उल्लेख गरे। साथै, नीतिगत र कानुनी सुधार भए पनि त्यसअनुसार विदेशी लगानी भित्र्याउन नसकिएको बताए। "सार्वजनिक क्षेत्रको ढिलासुस्तीका कारण सुशासन कायम गर्नु कठिन भइरहेको छ," मन्त्री पौडेलले बजेट वक्तव्यमा भने।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया