Nepal Life

शिक्षामा सर्वाधिक बजेट, कुन मन्त्रालयले पायो कति बजेट? (सूचीसहित)

NMB Bank
  • BFIS News
  • 2025 May 30 05:38
शिक्षामा सर्वाधिक बजेट,  कुन मन्त्रालयले पायो कति बजेट? (सूचीसहित)
United Ajod

काठमाण्डौं, जेठ १५। सरकारको तर्फबाट आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। आर्थिक सर्वेक्षणलगत्तै सार्वजनिक गरिएको बजेटमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापन गरी तीनवटा प्रमुख शीर्षकमा रकम विनियोजन गरिएको छ।

Shikhar
Nepal Life
NIMB

सरकारले चालु खर्चका लागि १० खर्ब ८० अर्ब, पुँजीगत खर्चमा ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापनका लागि ३ खर्ब ७५ अर्ब रुपैयाँ छुट्याएको छ।

यस वर्ष अर्थ मन्त्रालयको लागि ४९ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। यो गत वर्षकै रकमसँग बराबरी हो। यद्यपि, अर्थ मन्त्रालयले "विविध शीर्षक"मा छुट्याएको ७८ अर्ब रुपैयाँले भने बजेटको पारदर्शितामाथि प्रश्न उठाएको छ। अर्थविद्हरूले यस्तो अस्पष्ट शीर्षकमा ठूलो रकम राखिनु आपत्तिजनक भएको बताएका छन्। उनीहरूले खर्चको खाका स्पष्ट नभएको र मन्त्रालयले स्वेच्छाचारी रूपमा खर्च गर्न सक्ने खतरा रहेको जिकिर गरेका छन्।

तर, अर्थ मन्त्रालयले भने आकस्मिक अवस्थाहरू—जस्तै प्राकृतिक विपत्ति, रोग संक्रमणजस्ता अवस्थामा उक्त रकम प्रयोग हुने दाबी गरेको छ।

मन्त्रालयगत बजेट विवरणः

बजेटले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सहरी विकास र कृषि क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ। यद्यपि, बजेटको कार्यान्वयन क्षमतामाथि पूर्वका वर्षहरूमा उठ्दै आएको आलोचना यसपटक पनि कायम रहने देखिएको छ।

सरकारले बजेटमार्फत आर्थिक सुधारको बाटो पहिल्याउने दाबी गरे पनि पारदर्शिता, खर्चको प्रभावकारिता र कार्यान्वयनको चुनौती भने यथावत् रहने प्रक्षेपण गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया