Nepal Life

मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा जेठ १८ गते काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा घोषणा

NMB Bank
  • BFIS News
  • 2025 May 30 14:06
मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा जेठ १८ गते काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा घोषणा
United Ajod

काठमाडौँ, जेठ १६। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

गृह मन्त्रालयद्वारा जारी सूचनाका अनुसार नेपाल राजपत्र, मिति २०८१ साल फागुन १५ गते प्रकाशित सूचना अनुरूप उक्त जात्राको दिन काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

यस वर्ष भोटो देखाउने जात्रा २०८२ साल जेठ १८ गते आइतबारका दिन पर्ने भएकाले सो दिन सार्वजनिक बिदा दिइने मन्त्रालयले स्पष्ट पारेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचनामा “सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो” भनिएको छ।

भोटो देखाउने जात्रा विशेषगरी ललितपुरमा आयोजित हुने ऐतिहासिक सांस्कृतिक पर्व हो, जसमा रथमा विराजमान रातो मत्सेयेन्द्रनाथको मूर्तिलाई साक्षी राखी ऐतिहासिक भोटो देखाइने परम्परा रहिआएको छ। जात्रामा लाखौँ भक्तजनको सहभागिता रहने भएकाले सुरक्षा व्यवस्थासहित सरकारी तयारी भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया