Nepal Life

प्रभु क्यापिटलले "प्रभु सिस्टेम्याटिक इन्भेस्टमेन्ट स्किम" जारी गर्दै, २.५० करोड इकाई सर्वसाधारणका लागि निष्काशन गर्ने

NMB Bank
  • BFIS News
  • 2025 May 31 06:57
प्रभु क्यापिटलले "प्रभु सिस्टेम्याटिक इन्भेस्टमेन्ट स्किम" जारी गर्दै, २.५० करोड इकाई सर्वसाधारणका लागि निष्काशन गर्ने
United Ajod

काठमाडौं, जेठ २०। प्रभु क्यापिटल लिमिटेडले प्रभु बैंक लिमिटेडको व्यवस्थापनमा सञ्चालित बन्द प्रकृतिको म्युचुअल फण्ड "प्रभु सिस्टेम्याटिक इन्भेस्टमेन्ट स्किम" को सार्वजनिक निष्काशनको लागि जेठ २० गते प्रस्तावपत्र प्रकाशित गरेको छ।

Shikhar
Nepal Life
NIMB

यो फण्ड स्किम जेठ २३ गतेदेखि जेठ २७ गते, २०८२ सम्म सर्वसाधारणका लागि खुला हुनेछ। यदि उक्त अवधि भित्र पूर्ण रूपमा इकाई विक्री नभएमा निष्काशन अवधि असार ६ गतेसम्म लम्ब्याउन सकिने व्यवस्था गरिएको छ।

यो बन्द प्रकृतिको म्युचुअल फण्ड स्किम अन्तर्गत जम्मा ४ करोड इकाई निष्काशन गरिनेछ, जसमा ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई (३ करोड रुपैयाँ बराबर) स्किम व्यवस्थापक प्रभु बैंक लिमिटेडका लागि सुरक्षित गरिएको छ। त्यस्तै, अर्को ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई (३ करोड रुपैयाँ बराबर) स्किम प्रायोजक प्रभु क्यापिटल लिमिटेडका लागि सुरक्षित गरिएको छ। बाँकी रहेका २ करोड ५० लाख इकाई (२५ करोड रुपैयाँ बराबर) सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूका लागि सार्वजनिक रूपमा निष्काशन गरिनेछ।

सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख १ हजार इकाईसम्म आवेदन दिन सक्नेछन्। यस स्किममा लगानी गर्न इच्छुकहरूले निर्धारित मिति भित्र आवेदन दिन सक्नेछन्।

"प्रभु सिस्टेम्याटिक इन्भेस्टमेन्ट स्किम" मार्फत लगानीकर्ताहरूले निश्चित अवधिको लागि विविध लगानी साधनहरूमा लगानी गरेर प्रतिफल लिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया