Nepal Life

घरजग्गा खरिदबिक्रीमा अब बैंक स्टेटमेन्ट अनिवार्य, १० लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने

NMB Bank
  • BFIS News
  • 2025 Jun 04 11:53
घरजग्गा खरिदबिक्रीमा अब बैंक स्टेटमेन्ट अनिवार्य, १० लाखभन्दा माथिको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने
United Ajod

काठमाडौं, जेठ २२। सरकारले घरजग्गा खरिदबिक्रीमा वित्तीय पारदर्शिता बढाउने उद्देश्यसहित नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि घरजग्गा किनबेच गर्दा खरिदकर्ता र विक्रेताले आफ्नो बैंक स्टेटमेन्ट अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

Shikhar
Nepal Life
NIMB

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८२ साल जेठ १३ गते सूचना जारी गर्दै उक्त व्यवस्था लागू गरेको हो।

नयाँ प्रावधानअनुसार, घरजग्गा किन्ने र बेच्ने दुबै पक्षले आफ्नो नो योर कस्टमर (केवाइसी) फारम भरेर बैंक स्टेटमेन्टसहित पेश गरेपछि मात्र लिखत पास गर्न पाइनेछ।

त्यसैगरी, १० लाख रुपैयाँभन्दा बढीको कारोबार अनिवार्य रूपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्नेछ।

विभागले जारी गरेको सूचनामा थप उल्लेख गरिएको छ कि यदि एक व्यक्तिले एउटै दिनमा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ।

नयाँ व्यवस्थाअनुसार, १० लाख रुपैयाँभन्दा बढीको कारोबारमा लाग्ने रजिष्ट्रेशन दस्तुर खरिदकर्ताको खाताबाट, र लाभकर विक्रेताको खाताबाट सम्बन्धित राजस्व खातामा सिधै बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्नेछ।

सरकारको यस कदमले कालो धनको प्रयोग रोक्ने, आर्थिक लेनदेनमा पारदर्शिता कायम गर्ने र सम्पत्ति कारोबारलाई औपचारिक प्रणालीभित्र ल्याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया