Nepal Life

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Jun 04 16:47
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
United Ajod

काठमाडौं, जेठ २१। नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक किरण पण्डितलाई प्रवक्ताको रूपमा नियुक्त गरेको छ। जेठ २१ गतेदेखि लागू हुने गरी उनलाई औपचारिक रूपमा बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो।

Shikhar
Nepal Life
NIMB

वि.सं. २०६२ सालमा नेपाल राष्ट्र बैंकको सेवा प्रवेश गरेका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, तथा वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतका विभिन्न महत्त्वपूर्ण विभागहरूमा काम गर्ने अनुभव संगालिसकेका छन्। हाल उनि भुक्तानी प्रणाली विभागमा कार्यरत छन्।

राष्ट्र बैंकमा प्रवक्ताको भूमिका अत्यन्तै महत्वपुर्ण मानिन्छ। प्रवक्ता संस्थाको आधिकारिक आवाज हो, जसले सञ्चारमाध्यम, सर्वसाधारण, नियामक निकाय र अन्य सरोकारवालासँग प्रभावकारी रूपमा जानकारी सम्प्रेषण गर्नु पर्छ।

नेपाल राष्ट्र बैंकको नीति, योजना, निर्देशिका र महत्वपूर्ण निर्णयहरूबारे सार्वजनिक जानकारी दिने, बैंकको छवि सुधार्ने तथा सार्वजनिक सरोकारका विषयमा तत्काल प्रतिक्रिया दिने कार्य प्रवक्ताको मुख्य जिम्मेवारी हुन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया