Nepal Life

अष्ट्रेलियामा न्यूनतम ज्याला वृद्धि, जुलाई १ देखि प्रतिघण्टा २४.९५ डलर पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Jun 06 11:35
अष्ट्रेलियामा न्यूनतम ज्याला वृद्धि, जुलाई १ देखि प्रतिघण्टा २४.९५ डलर पुग्ने
United Ajod

काठमाडौँ । अष्ट्रेलियाको फेयर वर्क कमिसनले देशको न्यूनतम ज्यालामा ३.५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

आयोगले औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि मंगलबार यो निर्णय सार्वजनिक गरेको हो।

यो निर्णयअनुसार आगामी जुलाई १ देखि अष्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्याला प्रतिघण्टा २४.१ अष्ट्रेलियाली डलरबाट बढेर २४.९५ अष्ट्रेलियाली डलर पुग्नेछ। अमेरिकी डलरमा यसको दर १६.१ हुनेछ। यस्तै, पूर्ण–समय ३८ घण्टाको कार्यसप्ताहको आधारमा न्यूनतम साप्ताहिक ज्याला ९४८ अष्ट्रेलियाली डलर (अन्दाजी ६१४ अमेरिकी डलर) हुनेछ।

फेयर वर्क कमिसन (FWC) ले सरकार, रोजगारदाता र श्रमिक युनियनहरूसँगको विस्तृत परामर्शपछि गरिएको यो निर्णयले करिब २६ लाखभन्दा बढी अष्ट्रेलियाली श्रमिकहरूलाई प्रत्यक्ष असर गर्ने जनाएको छ।

आयोगका अनुसार यो वृद्धि श्रमिकहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले गरिएको हो, साथै वर्तमान मुद्रास्फीति र जीवनयापन खर्चलाई मध्यनजर गर्दै न्यूनतम ज्यालामा समायोजन गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया