Nepal Life

बजेटले पुँजी बजारप्रति सरकारको प्रतिबद्धता देखाएको छ : अर्थमन्त्री पौडेल

NMB Bank
  • BFIS News
  • 2025 Jun 08 11:26
बजेटले पुँजी बजारप्रति सरकारको प्रतिबद्धता देखाएको छ : अर्थमन्त्री पौडेल
United Ajod

काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले पुँजी बजारलाई उच्च प्राथमिकता दिएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

आइतबार नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकार पुँजी बजारको विकास र विस्तारप्रति गम्भीर रहेको बताए। "बजेटमार्फत सरकारले पुँजी बजारप्रति आफ्नो दृष्टिकोण प्रष्ट पारेको छ," उनले भने।

उनले धितोपत्र बोर्डलाई कुनै पनि दबाब वा प्रभावमा नपरी निष्पक्ष ढंगले काम गर्नुपर्नेमा जोड दिए। "बोर्ड इन्साइडर ट्रेडिङको विरोधी हुनुपर्छ," पौडेलले भने, "लगानीकर्तालाई सचेत बनाउने अभियानलाई सशक्त बनाउनुपर्छ। पुँजी बजारमा नयाँ वित्तीय उपकरणहरू (इन्स्ट्रुमेन्ट) भित्रिन आवश्यक छ।"

मन्त्री पौडेलले पुँजी बजारको सुदृढीकरणले समग्र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया