Nepal Life

विवरण नबुझाउने २३७३ करदाता निलम्बन, कारोबार रोक्का

NMB Bank
  • BFIS News
  • 2025 Jun 08 11:42
विवरण नबुझाउने २३७३ करदाता निलम्बन, कारोबार रोक्का
United Ajod

काठमाडौं। आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका २ हजार ३७३ मूल्य अभिवृद्धि करदातालाई निलम्बन गरिएको छ।

Shikhar
Nepal Life
NIMB

ती करदाताले लगातार छ महिनासम्म कर विवरण नबुझाएपछि आन्तरिक राजस्व विभागले उनीहरूलाई निलम्बन गरेको हो।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार, कार्यालयमा दर्ता भएका करिब २ हजार ४०० करदाताले मूल्य अभिवृद्धि कर विवरण बुझाएका थिएनन्। विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक सूचना जारी गरेपछि मात्र २७ जनाले विवरण बुझाएका थिए। बाँकी विवरण नबुझाउने करदाताको दर्ता निलम्बनसँगै उनीहरूको कारोबारसमेत रोक्का गरिएको छ।

विभागले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम यस्तो कारबाही अघि बढाएको हो। निलम्बित करदाताको नाम सार्वजनिक गर्दै कर कट्टी रोक्का गरिएको विभागले जनाएको छ।

“कतिपय करदाताको कारोबार नचलेको हुनसक्छ, तर विवरण नबुझाउनु ज्ञानको अभाव होइन,” पौडेलले भने, “राज्यलाई विवरण बुझाउनु अनिवार्य भएकाले कर शिक्षाको सन्देश अझ व्यापक बनाउनु जरुरी छ।”

चितवनमा मात्रै १० हजारभन्दा बढी मूल्य अभिवृद्धि करदाता र करिब ७२ हजार करदाताको संख्या रहेको छ। विभागले देशभरका ९५ हजार ३४९ करदाताको नाम सार्वजनिक गर्दै निलम्बन गरेको छ।

निलम्बनमा परेका करदाताले आफ्नो कारोबार निरन्तरता दिन चाहेमा बाँकी सम्पूर्ण विवरण पेश गर्नुपर्ने विभागले स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया