Nepal Life

कोलम्बियामा राष्ट्रपति उम्मेदवारमाथि गोली प्रहार, गहन उपचारमा

NMB Bank
  • BFIS News
  • 2025 Jun 08 12:42
कोलम्बियामा राष्ट्रपति उम्मेदवारमाथि गोली प्रहार, गहन उपचारमा
United Ajod

काठमाडौं। कोलम्बियामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार रहेका दक्षिणपन्थी विपक्षी सिनेटर मिगुएल उराइबमाथि चुनावी कार्यक्रममा गोली प्रहार भएको छ।

Shikhar
Nepal Life
NIMB

राजधानी बोगोटामा शनिबार आयोजित चुनावी कार्यक्रमका क्रममा उनीमाथि आक्रमण भएको हो।

घटनापछि ३९ वर्षीय उराइबलाई गम्भीर अवस्थामा अस्पतालको गहन उपचार कक्ष (आईसीयू) मा राखिएको कोलम्बियाली अधिकारीहरूले जनाएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनी ठूलो भिडका अगाडि भाषण गरिरहेका बेला अचानक गोली चल्दा अत्तालिँदै मानिसहरू भागदौड गरिरहेका देखिन्छन्।

अन्य तस्वीरहरूमा उनी रगतले लतपतिएको अवस्थामा सेतो कारको बोनटमा लडिरहेको र केही मानिसहरूले उनलाई सम्हालिरहेको देखिन्छ।

स्थानीय मिडिया रिपोर्टअनुसार एक किशोर संदिग्ध बन्दुकधारीलाई प्रहरीद्वारा पक्राउ गरिएको छ। महान्यायाधिवक्ता लुज एड्रियाना कामार्गोले काराकोल रेडियोलाई उराइबको अवस्था गम्भीर रहेको बताएकी छन्। कम्तीमा एउटा गोली उनको घाँटी वा टाउकोमा लागेको अनुमान गरिएको छ।

राष्ट्रपति गुस्ताभो पेट्रो नेतृत्वको वामपन्थी सरकारले आक्रमणको कडा निन्दा गर्दै यो घटना केवल व्यक्तिको विरुद्ध मात्र नभई लोकतन्त्र, अभिव्यक्तिको स्वतन्त्रता र राजनीतिक प्रक्रिया विरुद्धको हमला भएको विज्ञप्तिमा जनाएको छ।

उराइब राष्ट्रपति पेट्रोका कट्टर आलोचक मानिन्छन् र उनी डेमोक्रेटिक सेन्टर पार्टीका सदस्य हुन्। उनले सन् २०२६ को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गत अक्टोबरमा गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया