Nepal Life

अमेरिकाबाट डिपोर्ट भएका नेपाली चार्टर्ड विमानमार्फत आज काठमाडौं आउँदै

NMB Bank
  • BFIS News
  • 2025 Jun 08 12:56
अमेरिकाबाट डिपोर्ट भएका नेपाली चार्टर्ड विमानमार्फत आज काठमाडौं आउँदै
United Ajod

काठमाडौं। अमेरिका सरकारले ठूलो संख्यामा नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। डिपोर्ट गरिएका नेपालीहरू आज आइतबार अपराह्न ४ बजे चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं आइपुग्ने कार्यक्रम छ।

Shikhar
Nepal Life
NIMB

हाल डिपोर्ट हुनेहरूको यकिन संख्या सार्वजनिक गरिएको छैन, तर अनुमानित रूपमा ४० देखि ५० जनासम्म नेपाली रहेको बताइएको छ।

अमेरिकी अध्यागमन ऐन उल्लंघन गरेको अभियोगमा ती नेपालीहरूलाई डिपोर्ट गरिएको हो। यसअघि, डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि हालसम्म करिब १४० जना नेपाली नागरिकलाई अमेरिका सरकारले डिपोर्ट गरिसकेको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानकै क्रममा आप्रवासी नीति कडाइ गर्ने घोषणा गरेका थिए। पदभार ग्रहण गरेपछि उनले अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

ट्रम्प प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ आप्रवासीहरूको सूची तयार पारिएको थियो। ती सबैमाथि अमेरिका अवैध रूपमा बसोबास गरेको आरोप लगाइएको छ।

डिपोर्ट गरिएका नेपालीहरूको स्वदेश फिर्ती प्रक्रिया र पुनःस्थापना व्यवस्थापनमा नेपाल सरकार र सम्बन्धित निकाय जुटिरहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया