Nepal Life

आज सुनको मूल्य घट्यो, चाँदीले नयाँ रेकर्ड कायम गर्‍यो

NMB Bank
  • BFIS News
  • 2025 Jun 10 11:29
आज सुनको मूल्य घट्यो, चाँदीले नयाँ रेकर्ड कायम गर्‍यो
United Ajod

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य नयाँ उचाइमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको छ।

Shikhar
Nepal Life
NIMB

सोमबार सोही सुनको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य भने आज १५ रुपैयाँले बढ्दै हालसम्मकै उच्च दर कायम भएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला २१ सय ६५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। सोमबार चाँदीको मूल्य प्रतितोला २१ सय ५० रुपैयाँ थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया