Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकले शाखा प्रवन्धक र रिलेसनसिप अफिसरका लागि दरखास्त आह्वान

NMB Bank
  • BFIS News
  • 2025 Jun 11 13:23
सांग्रिला डेभलपमेन्ट बैंकले शाखा प्रवन्धक र रिलेसनसिप अफिसरका लागि दरखास्त आह्वान
United Ajod

काठमाडौं। सांग्रिल डेभलपमेन्ट बैंकले शाखा प्रवन्धक र रिलेसनसिप म्यानेजरका लागि दरखास्त आह्वान गरेको छ। बैंकले दक्ष, ऊर्जाशील र प्रतिबद्ध पेशागत व्यक्तित्वका लागि दरखास्त खुला गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले लमही दाङ शाखाका लागि एक जना शाखा प्रबन्धक माग गरेको छ। जुनियर अफिसर पदका लागि आवेदन खुला गरिएको छ। स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरि न्युनतम ५ वर्षको कार्यानुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्।

त्यस्तै बागलुङ शाखाका लागि एक जना रिलेसनसिप अफिसर माग गरिएको छ। यसका लागि पनि न्युनतम स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गर्नु पर्नेछ। अफिसर तहका लागि न्युनतम ४० वर्ष ननाघेका र यस भन्दा तल्लो तहका लागि ३५ वर्ष ननाघेको हुनु पर्छ।

इच्छुक आवेदकले आगामी २०२५ जुन २४, साँझ ५:०० बजेभित्र अनलाइनबाट दिनु पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया