Nepal Life

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Jun 15 13:05
पिपुल्स पावरको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं, असार १।  पिपुल्स पावर कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (असार १ गते) अन्तिम दिन हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले असार २ गते (सोमबार) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयर खरिद गर्न सक्नेछन्।

कम्पनीले १ः०.५ अनुपातमा जम्मा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ।

प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने सेयरबाट कम्पनीले कुल ३१ करोड ६३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ। हकप्रद सेयर निष्कासनको व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।

यस निष्कासनपछि पिपुल्स पावरको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया