Nepal Life

अष्ट्रेलियामा सर्भर राखेर ६८ करोडभन्दा बढी कर छली, एक अर्ब ३७ करोड असुलीको मागसहित मुद्दा दायर

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 16:12
अष्ट्रेलियामा सर्भर राखेर ६८ करोडभन्दा बढी कर छली, एक अर्ब ३७ करोड असुलीको मागसहित मुद्दा दायर
United Ajod

काठमाडौं । अष्ट्रेलियामा सर्भर राखी नेपालमा सेवा बिक्री लुकाएर झण्डै ६८ करोड रुपैयाँभन्दा बढी कर छली गरेको अभियोगमा काठमाडौँको तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालि का सञ्चालक र शेयरधनीविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।

Shikhar
Nepal Life
NIMB

विभागका अनुसार कम्पनीका प्रमुख शेयरधनी एवं सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले आपसमा मिलेमतो गरी सर्भर अष्ट्रेलियामा राखेर करोडौंको कारोबार लुकाएको पाइएपछि उनीहरूविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अन्तर्गत मुद्दा दायर गरिएको हो।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठका अनुसार कर छलीसँगै जरिवाना समावेश गरेर कुल रु १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल गर्नुपर्ने मागसहित अदालतमा अभियोगपत्र पेश गरिएको छ।

उप–कार्यकारी निर्देशक सङ्गम पौडेललाई मतियारका रूपमा भूमिका खेलेको ठहर गर्दै अन्य प्रतिवादीभन्दा आधा सजाय माग गरिएको छ। साथसाथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति शुल्क पनि भराउने मागसमेत गरिएको छ।

विभागले कम्पनीको कार्यालयमा आकस्मिक निरीक्षण गरी आ.व. २०७६/७७ देखि २०८१/८२ को फागुनसम्म को कारोबार विवरण, ट्रायल ब्यालेन्सलगायतका महत्त्वपूर्ण कागजात तथा डिजिटल प्रणाली नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। अनुसन्धानबाट कम्पनीले सेवा बिक्री सम्बन्धी अनलाइन पोर्टल ‘एनसीएम’ को सर्भर अष्ट्रेलियामा राखी नेपालमा गरिएको बिक्री विवरण मूल्य अभिवृद्धि कर (VAT) र आयकर विवरणमा नदेखाई कर छली गरेको पुष्टि भएको हो।

विभागका अनुसार कम्पनीका प्रमुख शेयरधनी सुदीप आचार्य (५५.३३%) र जीवन ज्ञवाली (१६%) विभागको पटकपटकको ताकेतापछि पनि सम्पर्कमा नआई फरार छन्। कम्पनीले म्यानुअल बिलिङ प्रणाली अपनाएर वास्तविक कारोबार लुकाएको प्रमाण भेटिएको विभागको दाबी छ।

प्रवक्त श्रेष्ठका अनुसार आरोपितहरूविरुद्ध राजस्व चुहावट ऐनको दफा ३ र दफा ४ को खण्ड (क), (च) र (झ) बमोजिम कानुनी कारबाहीसहित कडा सजायको माग गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया