Nepal Life

सुनचाँदी तथा गहना महासंघद्वारा सरकारलाई भ्याट र विलासिता कर पुनर्विचार गर्न आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 11:01
सुनचाँदी तथा गहना महासंघद्वारा सरकारलाई भ्याट र विलासिता कर पुनर्विचार गर्न आग्रह
United Ajod

काठमाडौं, असार ३। नेपाल सुनचाँदी, रत्न तथा गहना महासंघले हीरा र रत्नमाथि भ्याट तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने सरकारको निर्णय पुनर्विचार गर्न माग गरेको छ।

Shikhar
Nepal Life
NIMB

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुमनमान ताम्रकारले उक्त नयाँ कर व्यवस्था लागू भएमा करिब २५ हजारभन्दा बढी व्यवसायी संलग्न यो क्षेत्र प्रभावित हुने चेतावनी दिए। ताम्रकारका अनुसार झण्डै ३५ खर्ब रुपैयाँको लगानी रहेको यस उद्योगमा करको भार बढेपछि कतिपय व्यवसाय बन्द हुन सक्ने खतरा छ।

महासंघले गहना उद्योगले हरेक वर्ष २० अर्ब रुपैयाँ राजस्व योगदान गरिरहेको उल्लेख गर्दै नयाँ कर नीति लागू भएमा व्यापारी मात्र होइन, हजारौं कारीगर र उनीहरूका परिवार समेत प्रत्यक्ष असरमा पर्ने जनाएको छ।

महासंघले सरकारसँग संवादमार्फत समाधान खोज्न तयार रहेको बताउँदै यथाशीघ्र निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया