Nepal Life

सुनको मूल्यमा प्रतितोला २,५०० रुपैयाँको भारी गिरावट, चाँदी पनि सस्तियो

NMB Bank
  • BFIS News
  • 2025 Jun 17 11:20
सुनको मूल्यमा प्रतितोला २,५०० रुपैयाँको भारी गिरावट, चाँदी पनि सस्तियो
United Ajod

काठमाडौं, असार ३ गते। मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन अर्थात् सोमबार, छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा खरिद बिक्री भइरहेको छ, जबकि सोमबार सो मूल्य २ हजार १६५ रुपैयाँ थियो।

सुन र चाँदी दुवैको मूल्यमा आएको गिरावटले बजारमा व्यापारिक चहलपहलमा असर पर्न सक्ने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया