Nepal Life

सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो, चाँदी पनि ६५ रुपैयाँले महँगियो

NMB Bank
  • BFIS News
  • 2025 Jun 18 11:33
सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढ्यो, चाँदी पनि ६५ रुपैयाँले महँगियो
United Ajod

काठमाडौं, असार ४।  आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

Shikhar
Nepal Life
NIMB

तोलामा ९०० रुपैयाँले बढ्दै छापावाला (फाइन) सुनको मूल्य आज तोलाको १ लाख ९५ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य १ लाख ९५ हजार रुपैयाँ थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा) का अनुसार तेजाबी सुनको मूल्य पनि बढेर तोलाको १ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ। हिजोको तुलनामा यसको मूल्य तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो।

यसअघि, फाइन सुनले २०८२ साल वैशाख १० गते (२०२५ अप्रिल २२) मा तोलाको १ लाख ९७ हजार ९०० रुपैयाँको उच्चतम मूल्य कायम गरेको थियो।

यता, चाँदीको मूल्य पनि आज तोलामा ६५ रुपैयाँले बढेको छ। हिजो तोलाको २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २२५ रुपैयाँ पुगेको छ।

महासंघले दैनिक रूपमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा देशभरको बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया