Nepal Life

सुनको मूल्यमा एकैदिन रु. ९०० को वृद्धि, तेजाबी सुन र चाँदीको मूल्य पनि बढ्यो

NMB Bank
  • BFIS News
  • 2025 Jun 18 11:34
सुनको मूल्यमा एकैदिन रु. ९०० को वृद्धि, तेजाबी सुन र चाँदीको मूल्य पनि बढ्यो
United Ajod

काठमाडौं, असार ४ – नेपालमा सुनको मूल्य आज फेरि एक पटक उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला रु. ९०० ले बढेर रु. १,९५,९०० मा पुगेको छ। हिजोको दर रु. १,९५,००० प्रति तोला थियो।

Shikhar
Nepal Life
NIMB

तेजाबी सुनको मूल्य पनि आज उकालो लागेको छ। महासंघका अनुसार तेजाबी सुन आज प्रति तोला रु. १९५,२०० मा कारोबार भइरहेको छ, जुन हिजोको रु. १९४,३०० बाट रु. ९०० ले बढेको हो।

यसअघि, वैशाख १० गते (अप्रिल २२, २०२५) मा फाइन सुनले अहिलेसम्मकै उच्च मूल्य रु. १,९७,९०० प्रति तोला छोएको थियो।

यसैगरी, चाँदीको मूल्यमा समेत आज वृद्ध‍ि देखिएको छ। हिजोको तुलनामा प्रति तोला रु. ६५ बढेर अहिले चाँदीको मूल्य रु. २,२२५ मा पुगेको छ। हिजो चाँदीको मूल्य रु. २,१६० थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागमा आएको वृद्धिले मुल्यमा यस्तो उतारचढाव आएको बताएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया