Nepal Life

एनआईसी एशिया क्यापिटलको 'इक्विटी लिंक्ड इन्भेष्टमेन्ट योजना' सेबोनबाट स्वीकृत, १० करोड इकाइ सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2025 Jun 18 11:39
एनआईसी एशिया क्यापिटलको 'इक्विटी लिंक्ड इन्भेष्टमेन्ट योजना' सेबोनबाट स्वीकृत, १० करोड इकाइ सार्वजनिक
United Ajod

काठमाडौं।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित नयाँ म्युचुअल फन्ड योजना "एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट योजना" लाई स्वीकृति प्रदान गरेको छ।

Shikhar
Nepal Life
NIMB

सेबोनले असार ३ गते दिएको स्वीकृतिअनुसार, यो योजना अन्तर्गत कुल १० करोड इकाइ शेयर निष्कासन गरिनेछ, जसको प्रतिइकाइ मूल्य १० रुपैयाँ हुनेछ। यसरी यो योजना कुल १ अर्ब रुपैयाँ बराबरको हुनेछ।

यो म्युचुअल फन्ड योजना खुला अन्त (Open-Ended) प्रकारको हुनेछ, जसमा लगानीकर्ताले इच्छाअनुसार कुनै पनि समयमा खरिद तथा फिर्ता गर्न सक्ने सुविधा प्राप्त हुने छ।

यस योजनाको प्रवर्द्धक (Sponsor) एनआईसी एशिया बैंक लिमिटेड रहेको छ भने फन्ड व्यवस्थापकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ।

म्युचुअल फन्ड योजनाले विभिन्न इक्विटी तथा अन्य वित्तीय साधनहरूमा लगानी गरी लगानीकर्तालाई दीर्घकालीन प्रतिफल दिने लक्ष्य लिएको बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया