Nepal Life

सिटिजन्स क्यापिटलको 'सिटिजन्स सदाबहार योजना' सेबोनबाट स्वीकृत, ५ करोड इकाइ सार्वजनिक निष्कासन हुने

NMB Bank
  • BFIS News
  • 2025 Jun 18 11:43
सिटिजन्स क्यापिटलको 'सिटिजन्स सदाबहार योजना' सेबोनबाट स्वीकृत, ५ करोड इकाइ सार्वजनिक निष्कासन हुने
United Ajod

काठमाडौं।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सिटिजन्स क्यापिटल लिमिटेडद्वारा सञ्चालित नयाँ म्युचुअल फन्ड योजना "सिटिजन्स सदाबहार योजना" लाई स्वीकृति प्रदान गरेको छ।

Shikhar
Nepal Life
NIMB

सेबोनले दिएको स्वीकृतिअनुसार, यस खुला अन्त (Open-Ended) प्रकारको म्युचुअल फन्ड योजनाअन्तर्गत ५ करोड इकाइ शेयर निष्कासन गरिनेछ, जसको प्रतिइकाइ मूल्य १० रुपैयाँ तोकिएको छ। योजना अनुसार कुल फन्ड साइज ५० करोड रुपैयाँ हुनेछ।

यस योजनाको प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ भने फन्ड व्यवस्थापनको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ।

खुला अन्त म्युचुअल फन्ड योजनामा लगानीकर्ताहरूले कुनै पनि समयमा इकाइ खरीद वा फिर्ता गर्न सक्ने सुविधा प्राप्त गर्नेछन्। योजना अन्तर्गत विभिन्न वित्तीय साधनहरूमा लगानी गरी लगानीकर्तालाई दीर्घकालीन प्रतिफल प्रदान गर्ने लक्ष्य लिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया