Nepal Life

तिब्बतबाट सक्रिय हुँदै मनसुन, भोटेकोसी र सुनकोसी आसपास सतर्कता आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 09:36
तिब्बतबाट सक्रिय हुँदै मनसुन, भोटेकोसी र सुनकोसी आसपास सतर्कता आग्रह
United Ajod

सिन्धुपाल्चोक, असार ५।   छिमेकी देश चीनको तिब्बत क्षेत्र हुँदै नेपालतर्फ मनसुन सक्रिय हुने चरणमा पुगेको छ। यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Shikhar
Nepal Life
NIMB

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बुधबार एक सूचना जारी गर्दै असार ३ गतेदेखि ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको जनाएका छन्। यस वर्षाले भोटेकोसी हुँदै सुनकोसी नदीमा बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ।

प्राप्त सूचनाअनुसार चीनको प्रहरी कार्यालयबाट अत्यधिक वर्षाको सम्भावना रहेको जानकारी प्राप्त भएको छ। सूचनामा भनिएको छ, "असार ३ देखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा भोटेकोसी नदी आसपास अत्यधिक वर्षा हुन सक्ने सम्भावना छ।"

यसका कारण भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रका भोटेकोसी र सुनकोसी नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सरोकारवाला निकायलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया