Nepal Life

लाभांश पारित गर्न LIC नेपालले असार ३० गते साधारण सभा बोलायो

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 09:41
लाभांश पारित गर्न LIC नेपालले असार ३० गते साधारण सभा बोलायो
United Ajod

काठमाडौं, असार ५।  लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गर्न २३औँ वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आगामी असार ३० गते ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा साधारण सभा आयोजना गर्नेछ। सभा बिहान १० बजेबाट सुरु हुनेछ।

सभामा हालको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

त्यसका साथै, सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचित गर्ने, संस्थापक समूहबाट नियुक्त सञ्चालकको अनुमोदन गर्ने, र नयाँ लेखापरीक्षक नियुक्त गर्नेजस्ता अन्य प्रस्तावहरू पनि पेश गरिनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया