Nepal Life

सुनचाँदीको मूल्य घट्यो, तोलामा सुन ४०० र चाँदी २५ रुपैयाँले सस्तो

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 12:01
सुनचाँदीको मूल्य घट्यो, तोलामा सुन ४०० र चाँदी २५ रुपैयाँले सस्तो
United Ajod

काठमाडौं, असार ५।   नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा दुवै धातुको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रति तोला २ हजार २०० रुपैयाँमा झरेको छ, जुन हिजो २ हजार २२५ रुपैयाँ थियो। आज चाँदी प्रति तोला २५ रुपैयाँले सस्तो भएको हो।

हालसालै सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ, जसको मुख्य कारण अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तन र मागको उतारचढाव मानिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया