Nepal Life

आज संघीय संसद्का दुवै सदन बस्दै, बजेट र विधेयकमाथि महत्वपूर्ण छलफल हुने

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 12:30
आज संघीय संसद्का दुवै सदन बस्दै, बजेट र विधेयकमाथि महत्वपूर्ण छलफल हुने
United Ajod

काठमाडौं, असार ५।  संघीय संसद्का दुवै सदन आज बस्दैछन्। बैठकमा चालू आर्थिक वर्षको बजेट र विभिन्न विधेयकहरूमा महत्वपूर्ण छलफल हुने कार्यसूची तय गरिएको छ।

Shikhar
Nepal Life
NIMB

प्रतिनिधि सभा बिहान ११ बजे र राष्ट्रिय सभा दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

प्रतिनिधि सभामा बजेट विनियोजन विधेयकमाथि छलफल
प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथि छलफल हुने भएको छ। सात मन्त्रालयहरूको बजेट शीर्षकमाथि समूहगत छलफल हुनेछ, जसमा निम्न मन्त्रालयहरू समावेश छन्:

  • वन तथा वातावरण मन्त्रालय

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

  • रक्षा मन्त्रालय

  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

  • कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

साथै, विभिन्न मन्त्रालयका खर्च कटौतीका प्रस्तावहरू पनि बैठकमा पेश हुने संसद सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले 'नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२' सम्बन्धमा समितिको प्रतिवेदन पनि बैठकमा पेश गर्ने कार्यसूचीमा छ।

तर, ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग गठन र गृहमन्त्रीको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले संसद अबरुद्ध गरिरहेकाले बैठकमा अवरोधको सम्भावना पनि कायमै छ।

राष्ट्रिय सभामा मन्त्रीहरूको जवाफ र प्रतिवेदन पेश हुने
राष्ट्रिय सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

त्यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व र व्ययको अनुमानमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ। साथै, २०८१ सालको "नेपालको न्यूनतम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति" विषयक अध्ययन प्रतिवेदन पनि राष्ट्रिय सभाको विकास, आर्थिक तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गर्नेछिन्।

साथै, अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्नेछन्।

अन्त्यमा, संविधानसभा सदस्य बीरेन्द्र जुहारचन र पूर्व प्रतिनिधि सभा सदस्य धुन्धिराज शास्त्रीको स्मृतिमा शोक प्रस्ताव पेस गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया