Nepal Life

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

NMB Bank
  • BFIS News
  • 2025 Jun 21 10:59
देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
United Ajod

काठमाडौं, असार ७ ।   हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Shikhar
Nepal Life
NIMB

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै, पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने महाशाखाले उल्लेख गरेको छ।

आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, ती प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावनासँगै नदीहरूमा पानीको बहाव बढ्ने, डुबान, बाढी, पहिरो, र भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम रहेको बताउँदै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

महाशाखाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातजस्ता क्षेत्रमा पर्न सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न सजग रहन अनुरोध गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया