Nepal Life

घरेलु मदिराको प्रवर्द्धन विशेष प्राथमिकता, उद्योगमन्त्री भण्डारीको भनाइ

NMB Bank
  • BFIS News
  • 2025 Jun 23 22:04
घरेलु मदिराको प्रवर्द्धन विशेष प्राथमिकता, उद्योगमन्त्री भण्डारीको भनाइ
United Ajod

काठमाडौं, असार ९।  सरकारले घरेलु मदिराको प्रवर्द्धन र बजार विस्तारलाई आय आर्जनको प्रमुख माध्यमको रूपमा लिँदै विशेष प्राथमिकता दिने जनाएको छ।

Shikhar
Nepal Life
NIMB

प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट विनियोजनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दामोदर भण्डारीले सो जानकारी दिएका हुन्। मन्त्री भण्डारीका अनुसार, घरेलु मदिराको प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ र यसको संस्थागत अभियान सुरु गरिनेछ।

खानी अन्वेषणमा विशेष प्राथमिकता

चालु आर्थिक वर्षमा खानी अन्वेषण क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै मन्त्री भण्डारीले उद्यमशीलता विकास, प्रविधि स्तरोन्नति तथा व्यवसायीहरूलाई सहुलियतपूर्ण ब्याज अनुदानका लागि ५० करोड रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए। साथै, युवाहरूलाई लक्षित गर्दै विशेष कार्यक्रम र कोषको व्यवस्था गरिएको छ।

उपत्यकाभित्रका उद्योगलाई बाहिर सार्ने नीति

मन्त्री भण्डारीले काठमाडौँ उपत्यकाभित्र सञ्चालित उद्योगहरूलाई बाहिरी औद्योगिक क्षेत्रतर्फ सार्न सरकार प्रतिबद्ध रहेको र त्यसका लागि प्रोत्साहनसहितको व्यवस्था मिलाइएको बताए। यस्तो उद्योगलाई निःशुल्क जग्गा भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सार्वजनिक–निजी साझेदारीमा प्रोत्साहन

सरकारले सार्वजनिक–निजी साझेदारी (PPP) लाई सुदृढ गर्न कानुनी तथा संरचनात्मक सुधारका पहलहरू गरिरहेको जानकारी मन्त्री भण्डारीले दिए। धौवादी आइरन कम्पनीलाई PPP मोडेलमा सञ्चालन गर्न रूपरेखा तयार भइसकेको र सिमरा तथा पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास प्रक्रिया पनि तीव्र पारिने उनले स्पष्ट पारे।

रोजगारी सिर्जनाका योजना अगाडि

सरकारले औद्योगिक पूर्वाधार निर्माण, साना तथा मझौला उद्योगको प्रवर्द्धन, औद्योगिक गाउँको विकास र सीप विकास कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने योजना अघि बढाएको मन्त्री भण्डारीले जानकारी गराए।

त्यसैगरी, उद्योग तथा रोजगारीमुखी परियोजनाको प्रभावकारी कार्यान्वयन र पूँजीगत खर्च वृद्धि गर्न ‘आर्थिक कार्यविधि तथा वित्तीय दायित्व ऐन, २०७६’ र ‘औद्योगिक व्यवसाय ऐन’ लगायतका कानुनहरू ल्याइएको पनि मन्त्री भण्डारीले बैठकमा उल्लेख गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया