Nepal Life

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १,७०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

NMB Bank
  • BFIS News
  • 2025 Jun 24 12:20
आज नेपाली बजारमा सुनको मूल्य तोलामा १,७०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो
United Ajod

काठमाडौं। आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा) का अनुसार बुधबार बजारमा सुनको मूल्य तोलामा १,७०० रुपैयाँले घटेको छ।

Shikhar
Nepal Life
NIMB

महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,९३,५०० रुपैयाँ कायम गरिएको छ। हिजो यस सुनको मूल्य १,९५,२०० रुपैयाँ थियो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि घट्दै आज प्रतितोला १,९२,८०० रुपैयाँ पुगेको छ। यसअघि यसको मूल्य १,९४,५०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर २,१६० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन २,१७० रुपैयाँ थियो।

सुन र चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँग सँगसँगै घटबढ हुने गर्दछ। हालको मूल्य गिरावटलाई अन्तर्राष्ट्रिय बजारमा आएको समायोजनको असरको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया