Nepal Life

ललितपुरको टीकाथली क्षेत्रमा भीषण वर्षा, जलस्रोत नजिक सावधानी अपनाउन आग्रह

NMB Bank
  • BFIS News
  • 2025 Jun 25 09:32
ललितपुरको टीकाथली क्षेत्रमा भीषण वर्षा, जलस्रोत नजिक सावधानी अपनाउन आग्रह
United Ajod

काठमाडौं, असार ११। ललितपुर जिल्लाको टीकाथली र आसपासका क्षेत्रहरूमा भीषण वर्षा मापन गरिएको छ।

Shikhar
Nepal Life
NIMB

जल तथा मौसम विज्ञान विभागका अनुसार टीकाथली वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ भने आगामी केही घण्टासम्म थप वर्षा जारी रहने सम्भावना छ।

विभागले बुधबार बिहान सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। गोदावरी खोलालगायत ललितपुर क्षेत्र भएर बहने साना खोलानालाहरूमा पानीको बहाव तीव्र हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ।

विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन र नदी किनारको सडक प्रयोग गर्दा सम्भावित जोखिमलाई ध्यानमा राख्न अनुरोध गरेको छ। मौसम पूर्वानुमान अनुसार पानी परिरहने सम्भावना कायम रहेकोले विपद् न्यूनीकरणका उपायमा ध्यान दिन विभागले आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया