Nepal Life

पालिकाहरूलाई दिएको अनुदान मानव विकाससँग सम्बन्धित छ: योजना आयोग उपाध्यक्ष अधिकारी

NMB Bank
  • BFIS News
  • 2025 Jun 27 20:14
पालिकाहरूलाई दिएको अनुदान मानव विकाससँग सम्बन्धित छ: योजना आयोग उपाध्यक्ष अधिकारी
United Ajod

काठमाडौँ, १३ असार। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले पालिका तथा प्रदेशहरूलाई दिइएको अनुदान मानव विकाससँग सम्बन्धित रहेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

दलित महिला सङ्घ (फेडो)ले आज काठमाडौँमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ दलित सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन सार्वजनीकरण कार्यक्रममा मुख्य अतिथि रहनु भएका उपाध्यक्ष अधिकारीले योजना आयोगले समपूरक र विशेषको मोडिलाटी परिवर्तन गरी इन्डेक्सको आधारमा प्राथमिकता निर्धारण गरेको जानकारी दिए।

उनले हिजो विशेष अनुदान भनिने सबै बजेट भौतिक अन्तर्गत जाने गरेको भन्दै संविधानमै अन्य प्रयोजन भनी मानव विकास, मानव सभ्यता मानव सपोर्ट भनी उल्लेख भएको हुँदा अहिले जति विशेष अनुदान प्रदान भएको छ ती सबै मानव विकाससँग सम्बन्धित रहेको उनले प्रस्ट पारे। 

उपाध्यक्ष अधिकारीले  त्यसमा पनि दलित, समुदाय लगायतलाई  लक्षित गरी मापदण्ड बनाएको पनि बताए। उपाध्यक्ष अधिकारीले दलित,समावेशिता, आयआर्जन, पूर्वाधार विकास लगायत गरी २० वटा इन्डिकेटरहरु प्रयोगगरी पालिकाहरूलाई श्रेणी निर्धारण गरिएको र सोही श्रेणीका अधारमा अनुदान दिएको बताए। जसबाट ०.५ प्रतिशत गरिबी घट्ने अनुमान समेत गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया