Nepal Life

स्वास्थ्य बीमा बोर्डको बीमा सुविधा अब जुनसुकै अनुमतिप्राप्त सेवा प्रदायक संस्थाबाट सेवा लिन सकिने

NMB Bank
  • BFIS News
  • 2025 Jul 03 22:00
स्वास्थ्य बीमा बोर्डको बीमा सुविधा अब जुनसुकै अनुमतिप्राप्त सेवा प्रदायक संस्थाबाट सेवा लिन सकिने
United Ajod

काठमाडौं। नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले बीमितहरूलाई अब प्रथम सेवा विन्दु (First Service Point) को एकल निर्भरता हटाई, देशभरका अनुमतिप्राप्त स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने व्यवस्था लागू गरेको छ।

 

Shikhar
Nepal Life
NIMB

स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा भएको संशोधनका आधारमा उक्त नयाँ व्यवस्था आगामी आर्थिक वर्ष २०८२/८३ को सुरुवात संगै श्रावण १ गतेदेखि लागू हुनेछ।

यसअघि, बीमितले बीमा गर्दाको समयमा चयन गरिएको एक मात्र प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने बाध्यता थियो। यो प्रावधानका कारण बीमितले देशका विभिन्न स्थानमा रहँदा समेत सेवाका लागि तोकिएको सेवाविन्दुमा पुग्नुपर्ने बाध्यता र असहजता भोग्नुपरेको थियो। यस सम्बन्धमा निरन्तर गुनासो आइरहेकाले बोर्डले बीमितको सहजता र सेवा पहुँच सुनिश्चित गर्न नयाँ व्यवस्था ल्याएको हो।

अबदेखि बीमितले स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा अनुमति प्राप्त गरेका जुनसुकै स्वास्थ्य संस्थाबाट सेवा लिन सक्नेछन्।

स्वास्थ्य बीमा बोर्ड, बबरमहल, काठमाडौंले सबै सरोकारवाला, बीमित नागरिक, स्वास्थ्य सेवा प्रदायक संस्था र आम जनसमुदायलाई यो परिवर्तनको जानकारी गराउँदै, आगामी दिनमा बीमा सेवा अझ सहज, सुलभ र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया