Nepal Life

एसीसी मेन्स यू-१६: फाइनलमा नेपालले सिंगापुरलाई २५ ओभरमा ७३ रनमै सीमित गर्‍यो

NMB Bank
  • BFIS News
  • 2025 Jul 05 10:06
एसीसी मेन्स यू-१६: फाइनलमा नेपालले सिंगापुरलाई २५ ओभरमा ७३ रनमै सीमित गर्‍यो
United Ajod

काठमाडौं, असार २१।   मलेसियाको बाँगीस्थित वाइएसडी युकेएम ओभल मैदानमा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सिंगापुरलाई २५ ओभरमा ७ विकेट गुमाएर जम्मा ७३ रनमै सीमित पारेको छ।

Shikhar
Nepal Life
NIMB

खेलको टस सिंगापुरका कप्तान रियान नाइकले जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएका थिए। तर, नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण सिंगापुरले निर्धारण गरिएको २५ ओभरमा मात्र ७३ रन बनाउन सक्यो।

नेपालका सुसिल बहादुर रावलले सर्वाधिक ३ विकेट लिए भने अभय यादवले २ विकेट र शुभम खनालले १ विकेट लिए। सिंगापुरका लागि रोहन अस्टिन अरुणले १७ रन र कप्तान रियान नाइकले १५ रन बनाएर दोहोरो अंकमा रन जोड्ने दुई मात्र ब्याट्सम्यान बने।

नेपालले अब उपाधिका लागि सहज लक्ष्य पछ्याउनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया