Nepal Life

बाढीले उपल्लो कालुङ्खोला जलविद्युत् आयोजना पूर्ण रूपमा ध्वस्त, पावरहाउस र पुल बगायो

NMB Bank
  • BFIS News
  • 2025 Jul 09 11:49
बाढीले उपल्लो कालुङ्खोला जलविद्युत् आयोजना पूर्ण रूपमा ध्वस्त, पावरहाउस र पुल बगायो
United Ajod

बागलुङ । बाढीले जैमिनी नगरपालिका–९ पैयुथन्थापमा निर्माण गरिएको उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ।

Shikhar
Nepal Life
NIMB

आज बिहान आएको भीषण बाढीले आयोजनाको बाँधसहित पावरहाउस पूरै बगाएको स्थानीय बासिन्दा गङ्गा आचार्यले जानकारी दिए। उनका अनुसार गत वर्ष मात्रै करिब ३५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको स्टिल पुलसमेत बाढीले बगाएको छ।

बाढीका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा जडान गरिएको ट्रान्सफर्मरमा गम्भीर क्षति पुगेको छ। ट्रान्सफर्मर बिग्रिएपछि पैयुथन्थापका झन्डै १३० घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

बाढीबाट खरेयाबोट क्षेत्रका दुई परिवार विस्थापित भएका छन् भने अन्य सात परिवार उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्। साथै, खोलानजिकै लगाइएको धानबालीसमेत बाढीले नष्ट गरेको छ।

स्थानीय प्रशासनले क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य थालेको छ भने प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न पहल गरिएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया